
१५ भदौ काठमाडौं । नेपाली एटीएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गर्दैछ । उनीहरु शनिबार मध्यरातमा दरबारमार्गस्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दानिकाल्दै पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।
उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4