+
+

सिंहदरबार अगाडिको अग्लो घर अधिग्रहण गर्ने निर्णय

राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको भवन पनि रोकिने

गौरव पोखरेल गौरव पोखरेल
२०७६ भदौ १५ गते १७:१०

१४ भदौ, काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि बनेको अग्लो घर अधिग्रहण गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । महत्वपूर्ण केन्द्र वरिपरि रहेका अग्ला भवनले शान्ति सुरक्षामा पार्ने असर अध्ययनका लागि गठित समितिले अधिग्रहण गर्न दिएको सुझाव अनुसार गृहले आइतबार निर्णय गरेको हो ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले अध्ययन समितिले तयार पारेको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको पुष्टि गरे । प्रतिवेदनको आधारमा कारबाही अघि बढाउने निर्णय भएको बताइएको छ । जसअनुसार अधिग्रहणका लागि मन्त्रिपरिषद बैठकमा सिफारिस लगिनेछ ।

सुवेदीले अनलाइनखबरसँग भने, ‘काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा अध्ययनका लागि टोली बनेको थियो, जसमा पुरातत्व विभाग, शहरी विकास कार्यालय, काठमाडौं महानगरपालिका र सुरक्षा निकायका प्रतिनिधि पनि संलग्न हुनुहुन्थ्यो ।’

स्रोतका अनुसार समितिले सिंहदरबार अगाडि रहेको इमिरो प्लाजा मापदण्ड विपरित रहेको निष्कर्ष निकालेको छ । साथै, आवश्यक कारबाही अघि बढाउन सुझाव दिएको छ ।

समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सीआई रियल स्टेटलाई पनि निर्माणमा रोक लगाउने भएको छ । उक्त क्षेत्रलाई पनि अधिग्रहण गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी लगायतको उपस्थितिमा बसेको वैठकले अध्ययन समितिको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको स्रोतले बतायो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?