+
+
Shares

कांग्रेस बैठकमा रवि प्रकरणबारे चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते २०:०८

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा रवि लामिछाने प्रकरणले प्रवेश पाएको छ ।

केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकमा गगन थापाले कांग्रेसले आफ्नो जिम्मेवारी निभाउन नसक्दा जनता रविहरुका पछाडि जान थालेको बताएका हुन् ।

रविको समर्थन गर्नेहरुको आक्रास सरकारसँग मात्र नभई प्रतिपक्षसँग पनि भएको उनको तर्क छ । ‘उनीहरु आफ्नो मुद्दा प्रतिपक्षले बोकोस् भन्न चाहन्थे तर, हामी आन्तरिक विषयमा सीमित भयो । त्यो अपेक्षाभन्दा धेरै टाढा रह्यौं ।’

नेता महेश आचार्यले त्यसमा सहमति जनाउँदै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति वा प्रधानमन्त्री हुने योजना छाडेर जनताको मुद्दामा केन्द्रीत हुन सुझाए । नेता प्रदिप गिरीले भने ठट्यौली शैलीमा पद छाड्नुस्, काम गर्नुस् भन्दा नेताहरुले नगर्ने बताए । ‘कसैलाई फेरि सभापति हुनुछ, कसैलाई एक पटक प्रधानमन्त्री हुनुछ’ उनले भने, ‘बरु पद लिनुस् तर यसो गर्नु भएको भए थोरै काम हुन्थ्यो कि ?’

आइतबारको बैटकमा गगन, मधेस, प्रदीपसँगै रमेश रिजाल, मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, अर्जुन जोशी, भीष्मराज आङ्दम्वे, चन्द्र भण्डरी, श्यामकुमार घिमिरे, डिला संग्रौला र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेयले बोलेका छन् ।

अर्को बैठक १७ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?