+
+

‘ट्रान्सपोर्टर’को रिमेकमा जोन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते ११:२७

बलिउड नायक जोन अब्राहम निकै व्यस्त नायकमा पर्छन् । उनी अभिनित चलचित्र सफल पनि भैरहेका छन् । अहिले जोन अभिनित केही चलचित्रहरु रिलिजको तयारीमा छन् । केही चलचित्र छायांकनको तयारीमा पनि छन् । अब उनै जोनले हलिउड चलचित्र ‘टान्सपोर्टर’को हिन्दी रिमेकमा काम गर्न लागेका हुन् । निर्माणपक्ष र जोनबीच सम्झौता भइसकेको छ ।

‘टान्सपोर्टर’मा हलिउड कलाकार जासोन स्ताथामको मुख्य भूमिका थियो । जोसनले निर्वाह गरेको भूमिकामा नै जोन प्रस्तुत हुनेछन् । जोनले यो चलचित्रको रिमेकमा काम गर्न मन लागेको बताउँदै आएका थिए ।

उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘चलचित्रको विषयमा मैले धेरै बोल्न मिल्दैन । राम्रो टिमले यो चलचित्रको रिमेक राइट्स किन्नु भएको छ । उहाँले मलाई अफर गर्नुभयो र म पनि खुसी खुसी काम गर्न राजी भएँ ।’ उनले यो चलचित्रका लागि विशेष तयारी गरिरहेको समेत सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?