Comments Add Comment

‘मारुनी’मा साम्राज्ञीको गज्जबको काम, रेविकाको बलियो संभावना

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘मारुनी’ले राम्रो वर्ड अफ माउथ पाइरहेको छ । चलचित्र हेर्ने दर्शक, कलाकार र पत्रकारले यसको प्रशंसा गरिरहेका छन् । चलचित्र ‘मारुनी’मा कलाकारको काम पनि उत्कृष्ट देखिएको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्रको मेरुदण्ड हुन् । उनले, पहिलो पटक आफूलाई फरक भूमिकामा ढालेकी छिन् । उनको काम गज्जबको छ । निर्माणपक्षले यो चलचित्रका लागि उनलाई १५ लाख रुपैयाँ पारिश्रमिक दिएको थियो ।
साम्राज्ञी आफैले पनि पहिलो पटक आफूलाई यति राम्रो प्रतिक्रिया आएको बताइसकेकी छिन् । साम्राज्ञीले सिंगो चलचित्र नै धानेकी छिन् । उनको प्रवेशसँगै चलचित्रको कथावस्तु मोडिएको छ ।

निर्देशक नवल नेपालले उनीबाट उत्कृष्ट काम निकालेका छन् भने, उनले भने फरक कथा आएको खण्डमा काम गर्न सक्छु भनेर पुष्टी गरेकी छिन् । चलचित्रको प्रचारमा खासै बाहिर नदेखिएकी नव–नायिका रेबिका गुरुङले चलचित्र क्षेत्रमा बलियो संभावना देखाएकी छिन् ।

उनले, प्रेमिका र श्रीमतीको भूमिकालाई न्याय दिएकी छिन् । उनको अभिनय, प्रस्तुती र अनुहारको हाउभाउ, नृत्य, संवाद बोल्ने शैली राम्रो छ । रेबिकाले आउँदा चलचित्रमा सिंगो चलचित्र धान्न धेरै मिहिनेत त गर्नुपर्छ । तर, उनलाई एउटा राम्रो कलाकारको रुपमा चित्रित गर्न पक्कै सकिन्छ ।

चलचित्रको उत्कृष्ट पाटोमा यसको मेकिङ पनि पर्छ । निर्मात्री पूनम गौतम आफैले तयार पारेका पहिरन कलाकारका लागि गज्जब सुहाएको छ । कलाकारको ड्रेसअप, लोकेशनमा निर्मात्रीले लोभ गरेकी छैनन् । यसैले पनि चलचित्रको प्रोडक्सन भ्यालू देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment