Comments Add Comment

चक्रपथको तीनकुने–तीलगंगा खण्ड १२ लेनको बनाइने

फुटपाथ र साइकल लेन पनि राखिने

Photo Credit : चक्रपथको फाइल तस्वीर

१६ भदौ, काठमाडौं । सरकारले चत्रपथको तीनकुने–एयरपोर्ट–तीलगंगा खण्डलाई नमुना शहरी सडकका रुपमा विकास गर्ने भएको छ । यो सडकमा नेपाली सीप, प्रविधि र लगानीमा बनाइने सडक विभागले जनाएको हो ।

हाल यो सडक २ लेन अर्थात ७ मिटर छ । विस्तार गर्दा १२ लेन अर्थात ६२ मिटर हुनेछ । मुख्य र सहायक लेन ३.५ मिटरका हुनेछन् भने साइड लेनहरु केही साँघुरा हुनेछन् ।

सडक विस्तारका लागि अहिले डिजाइन भइरहेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्रकुमार शर्माले जानकारी दिए । उनकाअनुसार भदौ महिनाभित्र विस्तृत इन्जिनियरिङसहित डिजाइन तयार हुनेछ ।

चक्रपथको कलंंकी–सातदोबाटो–कोटेश्वर खण्ड चीन सरकारको सहयोगमा विस्तार भइसकेका छ । दोस्रो चरणमा कलंकी–महराजगञ्ज सडकखण्डको विस्तार पनि चीनले गर्दैछ । चीनले काम सुरु गरेको ३ वर्षमा सकाउने लक्ष्य लिएको छ ।

तर काम सुरु गर्न निर्माण स्थल खाली गराउनुपर्ने सर्त छ । त्यसअनुसार सरकारले सडक विस्तार गर्नुपर्ने क्षेत्रमा रुख कट्ने र संरचनाहरु हटाउने काम भइरहेको छ ।

साथै सरकारले चीन सरकारलाई चाबहिलको गोपीकृष्ण हलसम्म सडक विस्तार गरिदिन आग्रह गरेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

‘चीनले धोबीखोलासम्म विस्तार सुरु थाल्यो भने हामी तीनकुने–तीलगंगा खण्डमा काम थाल्छौं,’ संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय प्रमुख शर्माले भने ।

सडक विभागका अनुसार गोपीकृष्णदेखि–तीलगंगासम्म सडक विस्तारको योजना भने बन्न बाँकी छ ।

कस्तो हुनेछ नमुना शहरी सडक

चक्रपथको विस्तारित कलंकी– सातदोबाटो– काटेश्वर खण्ड अव्यवहारिक भएको भदै आलोचना भएको छ । सिटी वे बन्नुपर्नेमा एक्सप्रेस वे बनेको पूर्वाधारविद्हरुको तर्क छ । सडक विभाग आफैंले विस्तार गर्न लागेको तीनकुने–एयरपोर्ट–तीलगंगा खण्डलाई सहरी सडकमा हुनुपर्ने सबै पूर्वाधार राखिने बताएको छ ।

सडकको बीच भागमा मेडियन हुनेछ । यसलाई भविश्यमा र्‍‍यापिड ट्रान्जिट बस (ट्राम) गुडाउन मिल्ने गरी डिजाइन गरिने सडक विभागका अधिकारीहरु बताउँछन् । किनकी सरकारले चक्रपथमा ट्राम चलाउने योजना बनाएको छ । लगानी बोर्डमा केही विदेशी कम्पनीले आवेदन समेत दिएका छन् ।

यस्तै डेडिकेटेड सर्भिस लेन, साइकल लेन, फुटपाथ पनि हुनेछ ।

चक्रपथको कलंकी–काटेश्वर खण्डको अधिकांश भागमा फुटपाथ नराखिएको भन्दै आलोचना भएको छ ।

डिजाइनले अन्तिम रुप पाएलगत्तै टेन्डर प्रक्रिया सुरु हुने सडक विभागले जनाएको छ । तर अहिलसम्म यो खण्ड विस्तारमा कति खर्च हुन्छ भन्ने आंकलन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment