+
+
Shares

प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने गौतम घिसिङ पक्राउ, अनुसन्धान गर्न ८ दिन म्याद थप

प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १८:४०

२ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।

घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशलामा मुद्दा दर्ता भएको थियो ।

हेर्नुहोस् प्रहरी विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?