+

दशरथ रंगशाला मैदानको स्तरोन्नती सुरु

२०७६ भदौ  १६ गते १९:२९ २०७६ भदौ १६ गते १९:२९
दशरथ रंगशाला मैदानको स्तरोन्नती सुरु

१६ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम सुरु गरेको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार मैदानको घाँस काटेर  स्तरोन्नती कार्यको सुरु गरे ।

सदस्य–सचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउदै तीन दिनमा घाँस काट्ने काम सक्ने र तीन दिनमा मैदानको खाल्डाखुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी दिए । उनले त्यसपछि मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सचिवालय प्रमुख कमल खनाललगायतले रंगशालाको अवलोकन गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय