+
+
Shares

खुर्पा प्रहार गरी श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १३:०९

१७ भदौ, रुकुम । श्रीमतीलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले मुसिकोटको गोगनपानीबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

आफ्नै २६ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ गोगनपानीका २८ वर्षीय नविन खड्कालाई सोमबारराति प्रहरीले पक्राउ गरेको हो  ।

खड्काले खुर्पा प्रहार गर्दा कमलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खड्कालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?