Comments Add Comment

तपाईंका पार्टनरले केही कुरा लुकाउँदैछ

दाम्पत्य सम्बन्ध सधै एकनास चल्दैन । दम्पतीबीच मत मिल्दैन, सोंच र व्यवहार मिल्दैन । बेलाबखत यसमा खटपट आउनसक्छ । दाम्पत्य जीवनमा सानोतिनो खटपट आउनु स्वभाविक हो । यसबाट उनीहरुले एकअर्कालाई बुझ्न सक्छन् भने पारिवारिक जीवनमा थप परिपक्कता पनि आउँछ । पारिवारिक जीवन चलाउने क्रममै हुने मतभेद, मनमुटाव सामान्य र स्वभाविक हो ।

यद्यपि कहिले काहीँ दम्पतीबीच अविश्वासको वातावरण बन्छ । एकअर्कामाथि विश्वास गर्नै गाह्रो हुन्छ । भनौं शंका पैदा हुन्छ । श्रीमान् वा श्रीमतीमध्ये एकको आनीबानी, व्यवहार फरक हुँदै गएपछि यस किसिमको शैंका पैदा हुनेगर्छ, जसले दाम्पत्य सम्बन्धमा विस्तारै फाटो ल्याउन थाल्छ ।

दाम्पत्य जीवनलाई कसिलो बनाउने पहिलो आधार भरोसा एवं विश्वास नै हो । एकअर्काप्रति ढुक्क भएपछि नै उनीहरुले प्रेमिल सम्बन्धलाई अरु कसिलो बनाउन सक्छन् । त्यसैले दाम्पत्य सम्बन्धलाई टिकाइरहनका लागि पहिलो सर्त हो, विश्वास ।

जब पार्टनरमध्ये एकले विश्वासघात गर्न थाल्छन्, तब सम्बन्ध खराब हुन थाल्छ । पार्टनरलाई छल्ने, ढाँट्ने प्रवृत्ति कुनै न कुनै रुपमा प्रकट भइहाल्छ । अतः त्यसबेला उनीहरुको सम्बन्ध सधैजस्तो सुमधुर रहँदैन । संकटमा पर्छ ।

जब पार्टनरले यसरी आफुलाई छल्न खोज्छन्, त्यसको केही न केही संकेत पनि मिल्छ । अतः यस्तो संकेत पाइएमा उनीमाथि प्रश्न गर्न सकिन्छ । उनको नियत वा प्रवृत्ति बुझ्न सकिन्छ । र, संभावित जोखिमबाट उम्कन सकिन्छ ।

जब कुराकानी गर्न छाड्छन्

सबै व्यक्ति मनको कुरा खोलेर बोल्ने स्वभावका हुँदैनन् । कोही धेरै बोल्छन्, कोही कम । कोही सार्थक कुरा बोल्छन्, कोही गफाडी मात्र पनि हुन्छन् । तपाईंको पार्टनर कम बोल्छन् वा धेरै ? त्यो महत्वपूर्ण भएन । यद्यपि उनी सधैजस्तो तपाईंसँग अन्तरंग कुरा गदर्ैैनन् भने त्यसमा केही गडबड छ भनेर बुझ्नुपर्छ । पार्टनरले आफुसँग बोल्न रुची नराख्नुमा उनकै दोष मात्र हुँदैन, आफ्नो गल्ती पनि हुनसक्छ । त्यसैले पार्टनरले आफुसँग अरुबेला झै स्वभाविक ढंगले कुराकानी गर्न छाडेमा वा कुरा गर्न नचाहेमा तपाईंले त्यसको कारण खोज्नुपर्छ । साथसाथै यसले के पनि संकेत गर्छ भने तपाईंका पार्टनरले तपाईंलाई धोका दिदैछ ।

बढी लचिलो हुनु

सामान्य अवस्थामा भन्दा बढी नै लचिलो भएर व्यवहार गर्न थालेमा वा अनावश्यक माया गरेको दर्शाएमा पनि केही गडबड छ भनेर बुझ्न सकिन्छ । किनभने तपाईंले कुनैपनि शंका नगरोस् भनेर उनले बढी नै माया दर्शाएको नाटक गर्न सक्छन् । यस किसिमको व्यवहार भनेको उनले तपाईंको नजरबाट आफुलाई बचाईराख्नका लागि हो ।

घरबाहिर धेरै समय विताउनु

तपाईंको पार्टनर अरुबेला भन्दा बढी समय घरबाहिर बिताउन थालेमा पनि शंका गर्न सकिन्छ । हुन त कतिपय काम विशेषले पनि घरबाहिर बढी समय विताएको हुनसक्छ । यद्यपि उनी के कामले अल्भिmएका हुन् भन्ने कुरा त तपाईंलाई थाहा हुनैपर्छ । पार्टनर कहाँ जान्छ, के गर्छ भन्ने कुरा सामान्य रुपमाले तपाईंले हेक्का राख्नुपर्छ । यस्तो कुरामा पनि दम्पतीले कुरा लुकाउनु हुँदैन । यदि पार्टनर धेरैजसो घरबाहिर जान्छन् र त्यसको कारण पनि खास खुल्दैन भने शंका गर्नुपर्छ ।

केही हडबढाउनु

पार्टनरसँग केही कुरा गर्न खोज्दा बढी नै हडबढाउँछ भने पनि त्यसको कारण खोज्नुपर्छ । आखिर के कुरामा तपाईंसँग उनले डर मानिरहेका छन्, के कुरामा संकोच मानिरहेका छन् ? खोतल्नुपर्छ ।

तपाईंलाई बेवास्ता गर्नु

जब पार्टनर अरुतिर सम्बन्ध बढाउन थाल्छन्, तब तपाईंप्रति उनको लगाव घट्दै जान्छ । उनले तपाईंलाई समय दिदैनन्, कुराकानी गर्दैनन् । तपाईंबाट टाढा रहन खोज्छन् । यदि यस्तो लक्षण देखिएमा पनि तपाईंले शंका गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment