+
+
Shares

अर्घाखाँचीमा धारिलो हतियार देखाएर एक महिलाको गहना लुटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १२:५५

१८ भदौ, गुल्मी । माइतीबाट तीज मनाएर घर फर्किँदै गरेकी एक महिला बुधबार साँझ अर्घाखाँचीमा लुटिएकी छिन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका-७ देउराली बजार नजिकै धारिलो हतियार देखाएर लुटेरा समूहले ५१ वर्षीया सीता पौडेलको सुनको सिक्री, लकेट र मोवाइलसेट लुटेर लगेको प्रहरीले जनाएको छ । लुटिएको सुन करिब दुई तोला रहेको पीडित पौडेलले बताएकी छिन् ।

पौडेल सोही वडाको वाइगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा नगरपालिका–५ भुवनपानी आफ्नो घर तर्फ आउने क्रममा लुटेरा समूहले चक्कु देखाएर गरगहना लुटेको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

हतियार देखाउँदै लुटेरा समूहले पौडेलको साथबाट जबरजस्ती गरगहना खोस्ने क्रममा पोडैलको खुट्टामा सामान्य चोट लागेको विष्टले बताए ।

मंगलवार पनि अज्ञात समूहले सोही वडाका वडाध्यक्षले चढ्ने सरकारी मोटरसाइकलमा आगजनी गरेको थियो ।

आगजनी र लुटपाटका घटना बढेसँगै यस क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । लुटेरा समूह र आगजनी गर्ने गिरोहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?