Comments Add Comment

अफगानिस्तानमा अमेरिकी दूतावास नजिकै कार बम बिष्फोट, १० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको विदेशी कूटनीतिक नियोगहरू रहेको उच्च सुरक्षा क्षेत्रमा कार बम विस्फोट भएको छ ।

स्थानीय समय अनुसार बिहीबार विहान अमेरिकी दूतावास भवन नजिकै भएको विष्फोटमा परी १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नसरत रहीमीका अनुसार कतारको राजधानी दोहामा अमेरिकासँग शान्ति वार्ता गरिरहेका तालिबानी समूहले उक्त हमला गरेको दावी छ ।

सोमबार राति पनि तालिबानी समूहले आत्मघाती बम बिष्फोटन गराउँदा १६ जनाको मृत्यु भएको थियो भने १ सय जना भन्दा बढी घाइते भएका थिए । सोमबार भएको आत्मघाती विष्फोटनपछि प्रहरीले उक्त क्षेत्रमा जान रोकेको थियो ।

अमेरिका र तालिवानबीच विभिन्न चरणमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नेबारे सैद्धान्तिक सहमति गरेपनि अमेरिकी दूतावास भवन नजिकै यो विष्फोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment