+
+

मानव बेचबिखन रोक्न सरकार गम्भीरताका साथ लागेको छ : गृहमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १३:५४

२० भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार गम्भीरताका साथ लागेको बताएका छन् ।

मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि गम्भीर भएर लागेको दावी गरेका हुन् ।

गृहमनत्री थापाले यस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको बताए ।

नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गर्नुका साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानून निर्माण गरी अपराध नियन्त्रणका लागि राज्यका सबै निकाय परिचालन गरिएको उनको भनाइ छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागिसमाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्तामा पनि जोड दिइन् ।

मन्त्री थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?