Comments Add Comment

‘नेयमारलाई जनवरीमा नुक्याम्प ल्याउने योजना छैन’

२१ भदौ, काठमाडौं । यो सिजनको सुरुमा बार्सिलोनाले नेयमारलाई नुक्याम्प फर्काउन मरिहत्ते गर्‍यो । ‘ट्रासफर विन्डो’को अन्तिम दिनसम्म पनि बार्सिलोनाका अधिकारीहरु पेरिसमा वार्तामा रहेका थिए, तर हात लाग्यो शुन्य ।

धेरैको अनुमान छ, बार्सिलोनाले ‘ट्रासफर विन्डो’मा फेरि नेयमारलाई भित्र्याउन सक्छ ।

तर क्लबका अध्यक्ष जोसेप बार्तामेउले जनवरीमा नेयमारलाई नु क्याम्प फर्काउने सम्भावना अस्वीकार गरे । ‘उनी जनवरीको प्लानमा छैनन्’ उनले क्याटलान प्रेससँग भने ।

यद्यपि हालै सकिएको ‘ट्रासफर विन्डो’मा उनलाई भित्र्याउन सक्दो प्रयास गरेको स्वीकार गरे । तर पीएसजीको माग पुरा गर्न नसकेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment