Comments Add Comment

यू-१९ एसिया कप : पाकिस्तानमाथि भारतको शानदार जित

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि ६० रनको शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा भारतले दिएको ३०६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २४५ रन मात्र बनाउन सक्यो । उसका कप्तान रोहेल नजीरले शतक बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । नजीर ११७ रनमा आउट भए । हरिश खानले ४३ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले अर्जुन आजाद र एनटी तिलक बर्माको शतकको मदतमा ९ विकेट गुमाएर ३०५ रन बनाएको थियो ।

आजाद र बर्माले दोस्रो विकेटका लागि १८३ रनको साझेदारी गरेका थिए । अजाद १२१ र बर्मा ११० रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment