Comments Add Comment

अल्बानियामाथि फ्रान्सको सहज जित

२२ भदौ, काठमाडौं । फ्रान्सले युरो कप फुटबल छनोटमा जित हात पारेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले अल्बानियालाई ४–१ गोलअन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा किग्सलेय कमनले दुई गोल गर्दा ओलिभर जिराउड र जोनाथन इकनले समान १–१ गोल गरे ।

समूह ‘एच’ मा रहेको फ्रान्सले खेलको आठौं मिनेटमा नै गोल गरेको थियो । कमनले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको २७औं मिनेटमा जिराउडले गोल गरेपछि फ्रान्सले पहिलो हाफसम्ममा २–० गोलको जित निकाल्यो ।

पहिलो हाफमा दुई गोलले अघि रहेको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्दा अल्बानियाले भने एक गोल फर्काएको थियो । खेलको ६८औं मिनेटमा कमनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० गोलको अग्रता दिलाए । त्यस्तै, जोनाथनले खेलको ८५औं मिनेटमा गोल गरेपछि फ्रान्स ४–० गोलले अघि रहेको थियो । तर खेलको ९०औं मिनेटमा अल्बानियाले पेनाल्टी पायो । पेनाल्टीबाट सोकोलले गोल गरे पनि फ्रान्सले खेल ४–१ ले जितेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment