+

युरो कप छनोट : सर्वियामाथि पोर्चुगलको जित

२०७६ भदौ  २२ गते ७:३३ २०७६ भदौ २२ गते ७:३३
युरो कप छनोट : सर्वियामाथि पोर्चुगलको जित

२२ भदौ, काठमाडौं । पोर्चुगलले युरो कप छनोट फुटबलमा सर्वियामाथि सहज जित निकालेको छ ।

घरेलु टोली सर्वियालाई पोर्चुगलले शनिबार राति भएको खेलमा ४–२ गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, गोन्कालो गुइडेस र बेर्नार्डो सिल्भाले समान १–१ गोल गरे । यता, सर्वियाका लागि भने निकोला मिलेनकोभिच र एलेक्सजेन्डर मिट्रोभिचले गोल गरे ।

खेलको ४२औं मिनेटमा विलियमले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । समूह ‘बी’ मा रहेको पोर्चुगलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पोर्चुगलले तीन गोल थप्दा सर्वियाले दुई गोल फर्काउन सक्यो ।

खेलको ५८औं मिनेटमा गुएडेसले, ८०औं मिनेटमा रोनाल्डोले र ८६औं मिनेटमा सिल्भाले गोल गरे । यता, सर्वियाका लागि मिलेनभिचले ६८औं र मिट्रोभिचले ८५औं मिनेटमा गोल गरेका थिए ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय