Comments Add Comment

हिरासतमुक्त भएपछि गोविन्द भन्छन्–‘सुदिप र मिलनले शक्तिको दुरुपयोग गरे’

निर्माता तथा वितरक गोविन्द शाही हिरासतमुक्त भएका छन् । विगत केही दिनदेखि उनलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको थियो । चलचित्र ‘लिलिबिली’को करिब ८७ लाख माथिको शेयर लुकाएको भन्दै यसका अन्य दुई निर्माता सुदिप खड्का र मिलन चाम्सले प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेपछि गोविन्दर्ला प्रहरीले हिरासतमा लिएर अनुसन्धान चलाएको थियो ।

अदालतले उनलाई पटक–पटक म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई पनि अनुमती दिएको थियो ।  हिरासतबाट मुक्त भएपछि गोविन्दले सुदिप र मिलनले पद, शक्ति र सम्बन्धको आड लिएर कानुनको दुरुपयोग गरेको बताएका छन् । गोविन्दले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘संझौताले नै पक्षहरुलाई निर्दिष्ट गरेको विवाद समाधानको माध्यम चली वदनियतपुर्वक मलाई बन्दी बनाई सुदिप खड्का र मिलन चाम्सले के कस्तो सन्तुष्टी प्राप्त गर्नुभयो त्यो उहाँहरुले नै जान्ने बिषय होला ।’

जारी विज्ञप्तीमा सबै विवाद चाडै नै समाधान हुने विश्वास समेत व्यक्त गरिएको छ । अदालतले भदौ १८ गते जारी गरेको आदेशपछि गोविन्द हिरासतमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment