Comments Add Comment

पवन ८१ रनमा आउट

२२ भदौ, काठमाडौं । नेपालका अलराउडर पवन सर्राफले एसीसी यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध ८१ रन बनाएर आउट भएका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पवन सर्राफले पारी सम्हालेका थिए । मैदानमा टिकेर खेलेका पवनले १११ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै ८१ रन बनाएर आउट भएका हुन् ।

नेपालको पारी सम्हाल्ने क्रममा उनले रित गौतमसँग ४५ रनको साझेदारी गरेका थिए । त्यस्तै, कुशल मल्लसँग ३९ रनको साझेदारी गरेका पवनले कप्तान रोहितकुमार पौडलसँग ६६ रनको साझेदारी गरे ।

पवन मृतुनजोय चौधरीको बलमा क्याट आउट हुन पुगे । उनी नेपालको पाँचौ विकेटको रुपमा आउट भए । उनी आउट हुँदा नेपालको स्कोर १७३ रन बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment