+
+

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दर्खास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १५:५५

लण्डन । एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनएए)ले गठन गरेको पुरस्कार व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार दर्खास्त आह्वान गरिएको हो ।

बिहीबार साइबर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांङीद्वारा प्रस्तावित पुरस्कार सम्बन्धी सार्वजानिक सूचनालाई परिमार्जनसहित पारित गरेको थियो ।

बैठकले पुरस्कार छनोटको लागि एक उच्चस्तरिय समिति गठन गर्ने समेत निर्णयसमेत गरेको छ । समितिले छनोट गरेका पत्रकारलाई संघको आगामी अक्टोबरमा १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलनमा नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?