
२२ भदौ, वीरगञ्ज । पर्सामा रुखले च्यापिएर आइतबार एकजनाको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–५ जिङ्गनाका ५० बर्षीय सुरेश राय नटको रुखले च्यापिएर मृत्यु भएको हो ।
जङ्गलमा दाउरा लिन गएको समयमा रुख ढलेर उनलाई च्यापेको र घटना स्थलमै मृत्यु भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक ओमेन्द्र यादव नेतृत्वको टोली घटनास्थल तर्फ गइसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4