
चलचित्र पत्रकार संघले आयोजना गरेको ‘चलचित्र पत्रकारिता कार्यशाला’मा प्रमुख अतिथीको रुपमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइलाई चलचित्र ‘दासढुंगा २’को कथा किन विकास बोर्डमै रोकियो भन्ने प्रश्नको सामना गर्नुपर्यो ।
निर्देशक कुमार भट्टराइले बोर्डले तानाशाहा लाद्न खोजेको भन्दै चलचित्र रोकेको आरोप विभिन्न मिडियामार्फत लगाउँदै आएका छन् । तर, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले चलचित्रको टिमले लगाउँदै आएको आरोपलाई ठाडै अस्विकार गरिदिएका छन् । उनले भने–‘विभिन्न मिडियामा आरोप लगाउँदै हिड्ने अनी मैले त्यसको जवाफ दिदै हिड्नुपर्ने ? मिडियावाजी गर्ने कि मसँग आएर कुरा गर्ने ?’
बोर्ड अध्यक्षले चलचित्र विकास बोर्डले चलचित्र नरोकेको दाबी समेत गरेका छन् । उनले भने–‘कुनै व्यक्तिको कथामा चलचित्र बन्दै छ भने उसको परिवार वा स्वयंम व्यक्तिसँग अनुमती लिनुपर्छ कि पर्दैन ? चलचित्रमा मदन भण्डारीको हत्यामा राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड, माधवकुमार नेपालको हात रहेको भनेर नाम नै तोकेर लेखिएको छ । तर, कथामा कतै पनि यो कुरालाई पुष्टी गरिएको छैन । यसैले, हामीले मदन भण्डारी फाउन्डेशनलाई स्क्रिप्ट अध्ययन गरेर सुझाव पठाउन आग्रह गरेका छौ । उहाँहरुले अहिलेसम्म जवाफ फर्काउनु भएको छैन ।’
उनले मदन भण्डारी फाउन्डेशनबाट जवाफ आएपछि चलचित्र निर्माणमा इजाजत दिने स्पष्ट पारेका छन् । उनले, मदन भण्डारी फाउन्डेशनलाई बोर्डले कथावस्तु यस्तो आएको छ भन्दै सहजीकरणका लागि पत्र काटेको समेत स्पष्ट पारेका छन् ।
तस्वीर सौजन्यः जक्शन डटकम
प्रतिक्रिया 4