Comments Add Comment

तपाईंको पनि एकमात्र सन्तान छ ?

केही वर्ष अगाडिसम्म एक महिलाले ५-६ सन्तान जन्माउने गर्दथे । यसरी धेरै बच्चाहरु जन्माउँदा आमा र बच्चाको दुवैको स्वास्थमा नराम्रो असर पर्ने भएकाले धेरै सन्तान उत्पादनमा नियन्त्रण गर्न सल्लाह सुझाव दिन थालियो । जसका कारण आज एउटा परिवारमा एउटामात्र बच्चा जन्माउने चलन चलेको छ ।

यसले आमा-बुवा दुवैलाई बच्चाको लालन-पालन र आफूले गर्ने कर्तव्यमा सहज त हुन्छ नै, तर एउटा मात्र बच्चा जन्माउनाका फाइदासँगै बेफाइदाहरु पनि छन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । जुन आमा-बुबाका एउटा मात्र सन्तान हुन्छन्, उनीहरुले सधैं सावधान भैरहन आवश्यक छ ।

यूरोपमा गरिएको एउटा अध्ययनका अनुसार जुन दम्पतिको एउटा मात्र बच्चा हुन्छ, त्यो बच्चामा मोटोपनाको समस्या हुने सम्भावना दुई अथवा दुई भन्दा बढी सन्तान हुने परिवारको तुलनामा धेरै हुन्छ । दुईदेखि नौ वर्षसम्मका बच्चाको खानपान, जीवनशैली साथै मोटोपन र त्यसबाट हुने प्रभावहरुलाई ध्यान दिनु नै सो अध्ययन प्रोजेक्टको उद्देश्य थियो ।

जुन परिवारमा एउटा मात्र बच्चा हुन्छ, धेरै माया र खानपानका कारण सानो उमेरमा बढी वजनको समस्या हुने सम्भावना अन्य बच्चाको तुलनामा धेरै हुुन्छ । सानो परिवारको पारीवारिक संरचना र पारीवारिक वातावरणमा अन्तर हुन सक्छ । यूरोपमा दुईदेखि २० करोड बच्चा मोटोपनको शिकार भएका छन् । इटाली, साइप्रस र स्पेनका बच्चामा मोटोपनको समस्या यूरोपको उत्तरी देशहरुका तुलनामा तीन गुना बढी छ ।

रोग लाग्ने खतरा

लगभग ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ भने एक तिहाइ बच्चामा किशोरावस्थासम्म पनि मोटोपना कायम नै रहन्छ । स्कूले बच्चामा गरिएको एक सर्वेक्षणअनुसार हरेक १० जना बच्चाहरुमा १ जनामा मोटोपनाको समस्या देखिन्छ । तीव्र गतिमा परिवर्तन भएको जीवनशैली र खानपानका कारण यस्तो भएको हो ।

लगभग ३५ प्रतिशत अभिभावकहरु आफ्नो बच्चालाई दिनहुँ करिब १०० रुपैयाँ क्यान्टिनमा खाजा खानको लागि दिने गर्छन् । जसमा ५१ प्रतिशत बच्चाहरुले ३० देखि ४० रुपैयाँ पास्ता वा नुडल्स खान खर्च गर्छन् । जंक फुड भनिने यस्ता खानाले बच्चालाई फाइदाभन्दा हानी पुर्‍याइरहेको हुन्छ ।

जुन बच्चामा मोटोपनको समस्या हुन्छ, त्यो बच्चालाई मुटुसम्बन्धी रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढी हुने सोधकर्ताहरुको भनाइ छ । मोटो बच्चामा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोलको स्तर, मधुमेह र हृदयघात हुने खतरा बढी हुन्छ ।

तपाईंको बच्चा मोटो छ ?

आफ्नो बच्चा जीवनभर स्वस्थ र निरोगी होस् भन्ने चाहाना सबैको हुन्छ । यदि तपाईंको बच्चा बाल्यावस्थामा नै मोटोपनको शिकार भएमा यसको परिणाम उसले जीवनभर भोग्नु पर्छ । मोटोपनसँग सम्बन्धित रोगहरु जस्तै डायबिटिज, मेलाइटस, इन्सुलिन रेजिसटेन्स, मेटाबोलिक सिन्ड्रोम र पोलिसिस्टिक ओवेरियन सिन्ड्रोम ओभरवेट जस्ता रोगहरुको शिकार बन्न सक्छन् । यदि तपाईंको बच्चा मोटो छ भने उसलाई क्यान्सरको खतरा धेरै हुन्छ । वजन बढ्ने कारणले १० प्रकारका क्यान्सर हुने खतरा धेरै हुन्छ ।

मेडिकल जर्नल लन्सेटमा प्रकाशित एक सर्वेक्षणअनुसार मोटोपनको कारण गर्भाशयको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यस्तै पित्तासय, गुद्वार, थाइराइड र ब्लड क्यान्सर हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । धेरै वजन हुनाले कलेजो, मलासय, अन्डकोष र स्तन क्यान्सरको पनि खतरा हुन्छ । लन्डन स्कूल अफ हाइजिन एन्ड टि्रपकल मेडिसिनका शोधकर्ताहरुको अनुसार अत्यधिक रोगहरुको कारण मोटोपना हो ।

न्यूट्रीसन एन्ड डायबिटीजमा प्रकाशित अध्ययनको अनुसार बच्चाको मोटोपनाको प्रमुख कारण उनीहरुको खानपान र उनीहरुको टीभी हेर्ने बानी हुन् । यो अध्ययनअनुसार जुन परिवारमा एउटामात्र बच्चा हुन्छ, ऊ बाहिर खेल्न जान मन गर्दैन । ऊ घरको चार कुनामा रमाउने गर्छ अर्थात् एकलकाँटे हुन्छ । शिक्षाको स्तरमा पनि कमी आउँछ । उसको अधिकांश समय बेडरुममा टीभी हेर्दै बित्छ ।

खानाको तुलनामा व्यायामको कमीका कारण पनि मोटोपनको समस्या हुन्छ । आमाबुबा पनि आफ्नो एक्लो बच्चालाई मोटोघाटो देखेर दंग पर्छन्, तर जब ऊ आवश्यकभन्दा बढी वजनले ग्रसित हुन थाल्छ त्यसपछि उनीहरुको चिन्ता बढ्न थाल्छ ।

हाँसोको पात्र

हिजोआज सामाजिक सन्जालमा मोटोपनाको अनेक किसिमका ट्रोलहरु बनाउने गरिन्छ । अहिले ब्लग, टि्वटर, फेसबुक, यूट्युब जस्ता सोसल साइटहरुमा बढी वजनको बारेमा अनेक चर्चाहरु हुन थालेको छ । त्यस्ता चर्चाहरुको कारण बच्चाहरुमा हीनभावना उत्पन्न हुन्छ, जसका कारण उनीहरुमा तनाव बढ्न थाल्छ । वैज्ञानिकहरुद्वारा गरिएको एउटा सर्वेक्षणअनुसार आमा-बुबाहरु आफ्नो बच्चाको मोटोपनप्रति त्यो समयमा मात्र सचेत हुन्छन्, जब बच्चाको वजन नियन्त्रणभन्दा बाहिर भैसकेको हुन्छ । उनीहरु त्यो समयमा मात्र आफ्नो बच्चाको बढी वजनको बारेमा सोच्न थाल्छन्, जब बच्चाको वजन अत्याधिक बढी सकेको हुन्छ ।

शारीरिक मेहनत आवश्यक

बच्चा चुस्तदुरुस्त भएको राम्रो देखिन्छ । त्यसैले सानो उमेरबाट नै उनीहरुको वजनमा निगरानी राख्नु पर्छ । उनीहरु मोटोपनको शिकार नहुने किसिमको खानपान निर्धारण गर्नु पर्छ । बच्चा स्वस्थ विकासको लागि पोषक आहार त आवश्यक हुन्छ, तर ती आहारहरु सन्तुलित हुनु आवश्यक हुन्छ । आफ्नो बच्चाको फिटनेसमा ध्यान दिनुपर्छ ।

यदि तपाईंको बच्चा बढी वजनको छ भने डाक्टरकहाँ जानु पर्छ । डाइटिसियनसँग उसको खुराक निर्धारण गराउनु पर्छ । बच्चाको स्वास्थ्यको ध्यान राख्नु आमा-बुबाको जिम्मेवारी हो । सकेसम्म बच्चालाई आफूसँग राखेर खाना खान दिनु पर्छ । खानामा अन्न, फलफूल, तरकारीको मात्रा धेरै हुनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment