News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोली यूएईमा हुने वेस्ट इन्डिजसँगको युनिटी कप टी-२०आई सिरिज खेल्न सेप्टेम्बर २७ देखि ३० सम्म यूएई प्रस्थान गरेको छ।
- नेपाली टोलीलाई विमानस्थलमा क्यानका पदाधिकारीहरूले बिदाइ गरेका थिए र भिसा प्राप्तिमा ढिलाइका कारण आज मात्र उड्न पाएको हो।
- रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ र सिरिजपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलमा सहभागिता जनाउनेछ।
६ असोज, काठमाडौं । यही सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुने वेस्ट इन्डिजसँगको युनिटी कप टी-२०आई सिरिज खेल्न नेपाली क्रिकेट टोली यूएई प्रस्थान गरेको छ ।
नेपाली टोली सोमबार बेलुकी ७:२५ बजेको फ्लाइ दुबई विमानमार्फत यूएईका लागि प्रस्थान गरेको हो । नेपाली टोलीलाई विमानस्थलमा क्यानका पदाधिकारीहरूले बिदाइ गरे ।
यसअघि गत बिहीबार नै नेपाली टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको थियो । यूएईबाट भिसा प्राप्त गर्न ढिलाइ भएकाले आज मात्र उड्न पाएको हो । नेपाली टोलीका खेलाडीहरूले आइतबार भिसा प्राप्त गरेका थिए ।
यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ भने अकिल होसेनको कप्तानीमा वेस्ट इन्डिजको टोली घोषणा भएको छ ।
सिरिजको पहिलो खेल २७ सेप्टेम्बरमा हुनेछ । त्यस्तै दोस्रो खेल २९ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ ।
यस सिरिजलगत्तै नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिकको रिजनल फाइनलमा सहभागिता जनाउनेछ । त्यसकारण उक्त छनोटका लागि यस सिरिज अन्तिम तयारीमा रूपमा रहनेछ ।
अस्ट्रेलियामा खेलेको अनुभव बोकेर वेस्ट इन्डिजसँग खेल्दै बलियो प्रदर्शन गर्ने र त्यही लयलाई विश्वकप छनोटसम्म कायम राख्ने नेपालको लक्ष्य हुनेछ ।
नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम
वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर
प्रतिक्रिया 4