Comments Add Comment

धरानमा मात्र ३६ सय नाघे डेंगु संक्रमित

२३ भदौ, विराटनगर । सुनसरीमा तीनहजार सात सय भन्दाबढी मानिसमा डेंगु संक्रमण देखिएको छ । जेठबाट फैलिएको डेंगुबाट ३ हजार ७ सय ९९ जना प्रभावित भएका हुन् । संक्रमित मध्ये ३ हजार ६ सय ३९ जना धरानका हुन् ।

यसबाहेक इटहरी, इनरुवा, गढी बहराक्षेत्रलगायत क्षेत्रका १६० जना संंक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।

प्रकोपको रुपमा फैलिएको डेंगुका कारण धरानमा मात्र ३ हजार ६ सय ३९ जनामा डेंगु देखिएको

धरान उपमहानगरपालिका स्वास्थ्यमहाशाखा प्रमुख रामबाबु यादवका अनुसार पछिल्लो समय संक्रमितको संख्या घटेको छ । ‘असारमा दैनिक ९७ जना सम्मलाई डेंगु देखिएको थियो’ उनले भने, ‘हिजो आज २–३ जना देखिन्छ ।’

यादवका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हजार ७ सय १८, विजयपुर अस्पतालमा एक हजार २ सय ९६ र बाँकी बजारका ल्याबमा परिक्षण गर्दाको रिपोर्ट हो ।

सुनसरीको धरानबाट फैलिएको डेंगुको संक्रमण मोरङ र झापामा पनि देखिएको थियो । डेंगुका कारण मोरङमा १५३ जना प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मोरङमा संक्रमितको संख्या देखिन छाडेपछि पछिल्लो समय रिपोर्टिङ भएको छैन् ।

धरानमा विद्यालय शिक्षा

जेठदेखि फैलिएको डेंगु नियन्त्रणका लागि धरान उपमहानगरले सर्च एण्ड डिस्ट्रोय अभियान चलाएको थियो । तर अझैसम्म नियन्त्रणमा नआएको महासाखा प्रमुख यादवले जानकारी दिए । धरानमा मालाथिन फगिङ स्प्रे पनि गरिएको छ ।

तर अझैसम्म डेंगु नियन्त्रणमा नआएको विद्यालय शिक्षा कार्याक्रम सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईले जानकारी दिए । उनका अनुसार सोमबार धरानमा भएको छलफलले तत्काल चिकित्सकहरु सहितको टोलीले प्रत्येक विद्यालयमा पठाउने र कक्षा– ८ देखि माथिका विद्यार्थीहरुका लागि सचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment