Comments Add Comment

प्रियंका भन्छिन्- आमा बन्न चाहन्छु

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा तथा उनका श्रीमान् निक जोनसले वैवाहिक जीवन प्रारम्भ गरेको आगामी डिसेम्बर महिनामा एक वर्ष पुग्दैछ । उनीहरुले विवाह गरेको एक वर्ष पुग्नै लाग्दा प्रियंकाको गर्भवती बन्ने बारेमा विभिन्न जिज्ञासाहरु राख्न थालिएका छन् । त्यसरी जिज्ञासाहरु उठ्न थालेपछि प्रियंकाले पनि आफू गर्भवती हुने बारेमा खुलेर आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

त्यसो त प्रियंकाका श्रीमान् निक जोनसले यसअघि धेरै पटक आफूलाई स-साना बालबालिकाहरु असाध्यै मन पर्छन् भन्ने कुरातर्फ इसारा गरिसकेका छन् । निकले त प्रियंकासँग आफूलाई बुवा बन्न मन लागेको कुरासमेत बताइसकेका छन् ।

चारैतिरबाट आमा बन्ने दबाव आएपछि अहिले प्रियंकाले पनि आफ्नो मुख खोलेकी हुन् । एउटा अन्तर्वार्ताको क्रममा प्रियंकाले भनेकी छिन्, ‘म चाँडोभन्दा चाँडो नयाँ घर किन्न तथा आमा बन्न चाहन्छु ।’

प्रियंकाको भनाइ छ, ‘मेरोलागि घर त्यहाँ हुन्छ, जहाँ म खुशी हुन्छु र जहाँ मेरो वरपर मलाई माया गर्ने मेरा आफ्ना मान्छेहरु हुन्छन् ।’

यसबाहेक यी अभिनेत्रीले के पनि खुलासा गरिन् भने उनी लामो समयका लागि लस एञ्जलसमा बसोबास गर्न चाहन्छिन् । उनको भनाइ छ, ‘मेरो मुम्बई र न्यूयोर्कमा घर छ, जुन बस्नका लागि निकै अफ्ठ्यारा ठाउँहरु हुन्, त्यसको तुलनामा लस एञ्जलस निकै शान्त दिने खालको छ ।’

प्रियंकाका अनुसार उनको घरमा स्विमिङ पुल हुनेछ र घरको पछाडि ठूलो आँगन भयो भने उनलाई निकै खुशी लाग्नेछ । लस एञ्जलसको समुद्र तथा मौसमले उनलाई मुम्बईको याद दिलाउँछ ।

प्रियंकाले के पनि खुलासा गरेकी छिन् भने उनी चाँडोभन्दा चाँडो नयाँ घर किनेर त्यही घरमा आमा बन्नु उनको अबका महत्वपूर्ण कार्यहरु हुनेछन् । पि्रयंका भन्छिन्, ‘आमा बन्नु र नयाँ घर किन्नु मेरोलागि सबैभन्दा महत्वपूर्ण काम हुन् ।’

एकातिर प्रियंका आफ्नो व्यक्तिगत जीवनका क्रममा प्रायः छुट्टी मनाउन गैरहेको देखिन्छ भने अर्कोतिर उनी फिल्महरुमा पनि उत्तिकै व्यस्त देखिन्छिन् । बलिउडमा भने उनी अभिनित नयाँ फिल्म ‘द स्काई इज पिंक’ अर्थात् ‘आकाश गुलाबी छ’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment