+

सागरले लिए तीन विकेट

२०७६ भदौ  २४ गते १५:४४ २०७६ भदौ २४ गते १५:४४
सागरले लिए तीन विकेट

२४ भदौ, काठमाडौं । नेपालका स्पिनर सागर ढकालले एसीसी यू-१९ एसिया कप क्रिकेटमा यूएईविरुद्ध तीन विकेट लिएका छन् ।

उत्कृष्ट बलिङ गर्दै सागरले चार ओभरमा मात्र चार रन खर्चिएर तीन विकेट लिएका हुन् । उनले यूएईका तीनै जना ब्याट्सम्यानलाई एल्बिडब्लु आउट गराएका हुन् ।

उनले वि्रत्य अरविन्दलाई २८ रनमा, सायद हइदरलाई १५ र अन्श तान्दोनलाई १२ रनमा एल्बिडब्लु आउट गराए ।

यूएईको अहिले २२ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ८३ रन भएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो । नेपालको उच्च स्कोर बनाउन कप्तान रोहित कुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४५, राशिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रन बनाएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय