+
+
Shares

बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई अष्ट्रेलियन संस्थाको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १३:५८

२५ भदौ, काठमाडौं । विनय जंग बस्नेत कुनै समय दुर्व्सनमा नराम्ररी फसेका थिए । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । तर, ६ वर्षदेखि उनले आफ्नो जीवनको बाटो बदलेका छन् ।

उनी दुर्व्यसनबाट बाहिर निस्किएर समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा अन्य स्थानमा बेवारिसे रुपमा फालिएका शवहरुको व्यवस्थापन गर्न लागिपरेका छन् ।

‘बाँचुन्जेल त मानिसले समान रुपमा बाँच्न पाएका छैनन्,’ मंगलबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बस्नेतले भने, ‘मृत्युपछि शवमाथि पनि कसैमाथि अन्याय हुन्छ, त्यसलाई रोक्नु आजको आवश्यकता हो ।’

विनयलाई उनको काममा सहयोग होस् भनेर अष्ट्रेलियाको शिक्षण संस्था बक्स हिलका म्यानेजर तथा अन्तर्राष्ट्रिय भाइस प्रिन्सिपल जोन क्यूले सहयोग गरेका छन् । उनले आफ्नो व्यक्तिगत र कलेजको तर्फबाट विनयलाई १५ सय अष्ट्रेलियन डलर प्रदान गरे ।

‘उहाँले गरेको काम साँच्चिकै मानवीय भावले ओतप्रोत छ,’ जोनले कार्यक्रममा भने, ‘यसलाई सहयोग गर्दा मेरो मन पनि प्रफुल्लित भएको छ ।’

यो कार्यक्रम अष्ट्रेलियामा नेपाली विद्यार्थी पठाउने शैक्षिक परामर्श कम्पनीहरुको संस्था नायरले संयोजन गरेको थियो । नायरका अध्यक्ष विज्ञान श्रेष्ठले यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । ‘अष्ट्रेलियामा हामी विद्यार्थी पठाइरहेका छौँ,’ उनले भने, ‘त्यहाँका शिक्षण संस्थाहरुले नेपाली समाजप्रति देखाएको यो सदाशयता निकै प्रशंसनीय छ ।’

यो कार्यक्रम हब प्रोफेसनल सर्भिसेसको सहयोगमा सम्पन्न भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?