+
+
Shares

गैंडाकोटको भोक्रोफाँटमा बिजुली पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २६ गते १५:४२

२६ भदौ, चितवन । नवलपुरको गैंडाकोट नगरपालिका–३ भोक्रोफाँटमा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयहरु हर्षित बनेका छन् ।

झण्डै ६५ घरधुरी रहेको भोक्रोफाँटमा वुधवार साँझ विजुली बत्ती पुगेपछि स्थानीयमा खुसियाली छाएको भोक्रोफाँट टोलविकास संस्थाका अध्यक्ष पदम ग्रन्द्रमा मगरले बताए ।

वर्षौँदेखि टुकी बत्तीको भरमा कष्टकर जीवन विताउँदै आएका भोक्रोफाँटका स्थानीयमा विजुली बत्ती आएसँगै विद्युतीय सामाग्रीहरु चलाउन पाउने भएको मगरले बताए ।

‘टुकी बत्तीको धिपधिपे उज्यालोमा छोराछोरी पढाउनुपर्ने अवस्थाको अन्त्य भएको छ’ मगरले भने, ‘अब घरमा फ्रिज, टिभी, इन्टरनेट, आइरन लगायतका विद्युतीय सामाग्री चलाउन पाउने भएका छौं ।’

अर्का स्थानीय अर्जुन मगरले विजुली बत्ती आएसँगै विभिन्न पेशा व्यवसाय गर्न पनि सहज हुने बताए ।

गैंडाकोट नगरपालिका कार्यालयबाट झण्डै ९ किलोमिटर उत्तरतर्फ रहेको भोक्रोफाँटमा विजुली बत्ती पु¥याउन नेपाल विद्युत प्राधिकरणले १२ लाख र नगरपालिकाले ८ लाख खर्चेको हो ।

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले स्थानीय तहको चुनावमा आफूले गरेको बाचा पूरा गरेर जनताको घरघरमा बिजुली पु¥याएको बताए ।

‘यहाँका जनतालाई विजुली नहुँदा धेरै समस्या थियो, बालबालिकालाई पढ्न लेख्न पनि समस्या उत्तिकै थियो’ मेयर पौडेलले भने, ‘यहाँका जनताका दुःखका दिन सकिए, सुखका दिन आए, अँध्यारो युगको अन्त्य भएर उज्यालो युगको सुरुवात भयो ।’

योसँगै वडा–३ को सबै जसो क्षेत्रमा बिजुली पुगेको छ । विजुली बत्ती पुग्न नसकेको यस वडाको केही ठाउँ भएमा सोलार सिस्टम मार्फत उज्यालोमा राखिने पौडेलले बताए । यसअघि वडा–३ कै हर्दी र केलादी क्षेत्रमा पनि नगरपालिकाको पहलबाट केही महिना अघि बिजुली पु¥याइएको थियो ।

नगरपालिकाका १८ वटा वडा मध्ये वडा–१८ मा अहिले पनि बिजुली पुग्न सकेको छैन । चालू आर्थिक बर्षमा नै विद्युतीकरणका लागि ४ करोड ५० लाख रुपैयाँ रकम विनियोजन भएर आएको मेयर पौडेलले बताए । नगरपालिका भित्रका जनतालाई अन्धकारमा बस्नुपर्ने अवस्थाबाट सँधैका लागि अन्त्य गरिने मेयर पौडेलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?