Comments Add Comment

पत्रकार उपचार कोषमा उपमहानगरपालिकाले दियो ४ लाख रुपैयाँ

२७ भदौ, हेटौंडा । मकवानपुरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषको लागि हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोग गरेको छ ।

आकस्मिक घटनाका क्रममा पत्रकारलाई उपचारमा सहयोग गर्नका लागि स्थापना गरेको कोषमा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ थप गरिदिएको हो ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ४ लाख रुपैयाँको चेक पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष तथा पत्रकार उपचार कोषका संयोजक सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलाई हस्तान्तरण गरे ।

अब पत्रकार महासंघ मकवानपुरको उपचार कोषमा ९ लाख रुपैयाँ पुगेको छ । कोषका लागि यसअघि उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले दुई लाख रुपैयाँ र शिवम सिमेन्ट उद्योगले तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment