
२७ भदौ, काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्नेविरुद्ध परिवारले किटठानी जाहेरी दिएको छ ।
बिहीबार नेकपा कार्यकर्ताको आक्रमणमा कोइरालाको हात भाँचिएपछि छोराले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्लसहितविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ ।
वडाअध्यक्ष मल्लविरुद्ध पनि जाहेरी परेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवकुमार सिंहले पुष्टि गरे । ‘वडाअध्यक्षविरुद्ध पनि जाहेरी परेको छ, हामी अनुसन्धानमै छौं’ उनले भने ।
परिवारको जाहेरीको आधारमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । खजुरा गाउँपालिका १ का रोशन सिंह ठकुरी, लोकबहादुर शाही र निर्मल सिंह खत्रीलाई नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिए ।
बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए । घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ ।
[
प्रतिक्रिया 4