Comments Add Comment

असोज पहिलो साता यार्न तथा टेक्सटाइल प्रर्दशनी हुने

२९ भदौ, काठमाडौं । धागो तथा यसबाट निर्मित बिभिन्न वस्तुहरुप्रति ग्राहकको रुची जगाउन दोस्रो नेपाल यार्न तथा टेक्सटाईल प्रर्दशनी हुने भएको छ ।

नेपाल धागो उत्पादक सघंको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा असोज २ देखि ६ गतेसम्म प्रर्दशनी सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रर्दशनीमा नेपाली धागोबाट निर्मित कपडा, होजियरी, निटिङ्ग तथा स्थानीय गार्मेन्टहरुको स्टल रहने छ ।

नेपाली धागोबाट निर्मित लत्ता कपडा, गलैंचा उत्पादनहरु सस्तो र गुणस्तरीय हुदाहुँदै पनि ग्राहकले नचिनेका कारण प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्याणले जानकारी दिए ।

प्रशस्त जानकारी पाएको खण्डमा नेपालीले नेपाली उत्पादन नै प्रयोग गर्छन तर जानकारी अभावमा बाहृय उत्पादनको खपत बढ्दो छ यसलाई रोक्न पनि प्रर्दशनी जरुरी छ,अध्यक्ष गोल्याणले भने ।
चार दिनसम्म चल्ने प्रर्दशनीमा ७४ वटा स्टल रहने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment