Comments Add Comment

‘घामड शेरे’को फस्टलुकमा निश्चलको यस्तो रुप

चलचित्र ‘घामड शेरे’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको बिषयमा लामो समयदेखि विभिन्न खालको चर्चा चलिरहेपनि यसको निर्माणपक्षले कुनै पनि सामाग्री सार्वजनिक गरेको थिएन । अन्ततः चलचित्रको फस्टुलक र प्रदर्शन मिति सार्वजनिक गर्दै यसको निर्माणपक्ष प्रचारमा उत्रिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकार निश्चल बस्नेतलाई मात्र प्रस्तुत गरिएको छ । नायिका स्वस्तिमा खड्कालाई भने फस्टलुकमा स्थान दिइएको छैन । निश्चल चलचित्रको शिर्ष भूमिकामा छन् । यो चलचित्रको कात्तिकको ८ गतेबाट रिलिज हुने भएको छ । योसँगै चलचित्र ‘पोई पर्यो कालेसँग यो चलचित्र जुध्ने पक्का भएको छ ।

चलचित्रको ट्रेलर केही दिनमै सार्वजनिक गर्ने बताइएको छ । चलचित्रमा गौरी मल्लको विशेष भूमिका छ । साथमा, चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment