Comments Add Comment

ह्वाइट केनमा क्याट वाक

‘मिस्टर एण्ड मिस ब्ल्याइण्ड रकर – २०१९’ सोमबार काठमाडौंमा सम्पन्न भएको छ । २१ जना दृष्टिविहिन प्रतिष्पर्धीले प्रज्ञा भवनको स्टेजमा ह्वाइट केनको सहाराले क्याट वाक गरे ।

मिस ब्ल्याण्ड रकरको ताज स्मारिका पोखरेलको शिरमा सजिएको छ । त्यस्तै, सेकेण्ड रनरप सम्झना रिजाल भइन् ।

मिस्टर ब्ल्याइड रकर सौगात वाग्ले बने । फस्ट रनरप टिकाराम आले बनेका छन् । देशभरका ४१ जना कन्टेस्टेन्टले सहभागिता जनाए पनि ग्राण्ड फिनालेमा १४ जना युवती र सात जना युवक पुग्न सफल भए ।

‘मिस्टर एण्ड मिस ब्ल्याइण्ड रकर – २०१९’ मा बेस्ट स्माइलको क्राउन प्रतिभा राईले, वेस्ट ट्यालेन्टको स्मारिका पोखरेलले बेस्ट ह्वाइट केन वाकको सञ्जिया श्रेष्ठले पहिरिए । त्यस्तै, अनिष ढकाल बेस्ट फ्रेस्डसीप बन्न सफल भए ।

दृष्टिविहीनहरुमा उत्प्रेरणा र आत्मविश्वास जगाउनको लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसीले बताइन् ।

‘प्रायः भाइबहिनीहरुले आफूलाई कमजोर ठान्छन् । कोही पहिलो पटक माइक समातेर बोलिरहेका छन्’, अध्यक्ष केसीले भनिन्, ‘तर, यस प्रतिस्पर्धाबाट हामीले दृष्ट्रि अपांगता भएकाहरु पनि सन्दर छौँ । खासमा सुन्दरता भनेको बौद्धिकता हो भन्ने देखाउन खोजेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment