Comments Add Comment

१८ वर्षमुनिको साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

३१ भदौ, काठमाडौं । १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ टिमबाट बाहिरिएका छन् । प्रतियोगिता असोज ३ गतेदेखि काठमाडौंको हलचोक मैदानमा हुनेछ । नेपालले पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्नेछ ।

नेपाली टिमको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् । रक्षापंक्तिमा विशाल बस्नेत, रणदिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन रहेका छन् ।

त्यस्तै अग्रपंक्तिमा ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी रहेका छन् । मुख्य प्रशिक्षक श्रेष्ठले नेपाली टिमको ८ दिन पोखरामा प्रशिक्षण गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment