+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

राष्ट्रियसभामा ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग

रासस रासस
२०७६ भदौ ३१ गते १९:०७

३१ भदौ, काठमाडौँ । राष्ट्रियसभाको मंगलबार बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।’ सांसद खिमकुमार विश्वकर्माले सर्वोच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गरे ।

सांसद कविता बोगटीले हुम्ला जिल्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद उदया शर्मा पौडेलले भृकुटीमण्डप अगाडि सार्वजानिक साधनले यात्रु ओराल्ने र चढ्ने व्यवस्था किन बन्द गरियो भन्ने प्रश्न गर्दै यात्रुको समस्यालाई ध्यानमा राखी ती स्थानमा तुरुन्त यात्रु चढ्न पाउने व्यवस्था मिलाउन माग गरिन् ।

सांसद अनिता देवकोटाले शान्तिसुरक्षा कायम गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै चाडवाड आउन लागेको सयमा थप शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ध्यानाकर्षण गराइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?