Comments Add Comment

स्वास्थ्यमन्त्री यादव आज अमेरिका जाँदै

१ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघको महासभामा ‘स्वास्थ्यको लागि सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरी बैठक’मा भाग लिन बुधबार अमेरिका जाने भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा आगामी असोज ५ र ६ गते हुने उच्चस्तरीय बैठकमा सहभागि हुन मन्त्री यादवसहित तीन सदसीय टोली अमेरिका जाने भएका हुन् ।

सदस्य राष्ट्रहरुमा स्वास्थ्यको सर्वव्यापी पहुँच सुनिश्चित गर्नका लागि राजनीतिक तथा आर्थिक प्रतिवद्धता वृद्धि गर्न तथा स्वास्थ्यमा दीगो लगानी सुनिश्चित गर्न मन्त्री यादवको भ्रमणले सहयोग पुग्ने अपेक्षा गरिएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त बैठकको अलावा मन्त्री यादवले नेपालको तर्फबाट पहिलो पटक ‘अतिकम विकसित देशहरुमा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्र्ने अवसर र चुनौती’ विषयक अतिरिक्त कार्यक्रमको आयोजकको रुपमा नेतृत्व गर्ने छन् ।

उक्त बैठकमा बंगलादेश, इथियोपिया र मलावीका स्वास्थ्यमन्त्रीहरु तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरु समेत सहआयोजकको रुपमा सहभागि हुने छन् ।

बैठकमा नेपालले स्वास्थ्यका क्षेत्रमा गरेका उल्लेख्य प्रगतिकाबारेमा विश्वसामु देखाउन, अनुभव आदान प्रदान गर्न, विद्यमान चुनोतीहरुबारे छलफल गरी आगामी कार्यदिशा प्रशस्त गर्न र नेपाली जनताको स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गराउनका लागि अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग आव्हान गर्ने अवसर प्राप्त हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment