+
+
Shares

आफ्नै लोग्नेले ताछिदिए यी महिलाको नाक

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १०:५४
Photo Credit : सांकेतिक तस्वीर

पाकिस्तानको लाहोरमा घरेलु हिंसाको एउटा दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना युवकले आफ्नै पत्नीको नाक ताछिदिएका छन् । नाक मात्र होइन, ती युवकले पत्नीको कपाल समेत खौरिदिएर मुडुलो बनाइदिएका छन् ।

लाहोरको सीतारा कोलोनीमा बस्ने शाजिया नामकी महिला रोइ कराइ गरेको आवाज सुनेपछि छिमेकीहरु उनको घरमा पुगे । उनको शरीरबाट रगत बगिरहेको थियो । मानिसहरुले तत्कालै पुलिसलाई खबर गरे र उनलाई अस्पताल लगियो ।

शाजियालाई उनका पति सज्जाद अहमदले नाक काटिदिएका हुन् । उनीहरुका ६ जना बच्चा छन् । शाजियालाई उनका पतिले सधैजसो कुटपिट गर्ने गर्दथे । धेरैपटक छिमेकीहरुले उनलाई बचाएका थिए । तर, यसपटक भने पतिले उनको नाक काटिदिए ।

शाजियाको नाम पूर्ण रूपमा काटिएको छ र अब प्लास्टिक सर्जरीबाट कृत्रिम नाक राख्नुपर्नेछ ।

शाजियाका अनुसार घरको ढोका थुनेर लोग्नेले उनीमाथि कुटपिट गर्दै चक्कुले नाक काटिदिएका थिए ।

पत्नीको नाक काटिदिएसँगै सज्जाद फरार छन् । प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरी खोजतलास गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?