+
+

छायांकनमा नजादै ‘एन्टी हिरो’को ओभरसिज राइट्स विक्री

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते ११:३५

नेपाली चलचित्र क्षेत्रमा केही ब्यानर र केही कलाकारको चलचित्रलाई लगानी उठाउन समस्या छैन । कलाकारले आफ्नो ब्रान्ड बनाउने हो र ब्यानरलाई दर्शकले पत्याउने हो भने लगानीकर्ता सुरक्षित हुन्छन् ।

तिहारपछि छायांकनको तयारीमा रहेको चलचित्र ‘एन्टी हिरो’ छायांकनपूर्व नै नाफामा जाने देखिएको छ । निर्माता भूवन केसीले यो चलचित्रको विदेश अधिकार पनि वेचेका छन् ।

जापानको सूर्य कर्पोरेशनलाई चलचित्रको ओभरसिज राइट्स विक्री गरिएको हो । बुधबार चलचित्रका निर्माता भूवन केसी र कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेविच सहमतीमा हस्ताक्षर भएको छ । निर्माता भूवन केसीले चलचित्रलाई कती रकममा विक्री गरिएको हो भन्ने खुलाउन चाहेनन् । तर, उनले निकै नै राम्रो रकममा चलचित्रको विदेश राइट्स विक्री गरिएको बताएका छन् ।

चलचित्रमा नायक अनमोल केसी र भूवन केसीको मुख्य भूमिका हुनेछ । चलचित्रका लागि नायिकाको खोजी भैरहेको छ । चलचित्रलाई काठमाण्डौ भित्र र बाहिर ‘एमजी’ समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?