Comments Add Comment

सप्तरंग दोस्रो सिजनमा के हुँदैछ ?

सात वटा प्रदेशलाई संगीतको सूत्रले जोड्ने बृहत कार्यक्रम, सप्तरंग । अघिल्लो संस्करणमा यस कार्यक्रमले देशभर फन्को मारेको थियो । यसपाली पनि यही सिलसिला जारी रहनेछ । यद्यपि कार्यक्रमको प्रारुप केही फरक हुनेछ ।

आयोजक गृष्मा ब्रोडकास्टिङले जनाए अनुसार ‘सप्तरङ्ग’ कार्यक्रमको दोश्रो चरण प्रारम्भ हुने भएको छ । नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको छ । यसपाली यो सांगीतिक कार्यक्रमले पर्यटन प्रवर्द्धनमा जोड दिनेछ । अघिल्लो संस्करणमा भने सद्भाव र ऐक्यबद्धतालाई मुल मुद्धा बनाएको थियो ।

दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भइसकेको आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए ।

पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने घिमिरेले बताए । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment