Comments Add Comment

हिमाल जाने सरकारी सम्पर्क अधिकृतलाई तालिम दिइने

३ असोज, काठमाडौं । सरकारले हिमाल आरोहणमा सम्पर्क अधिकृतका रुपमा जाने सरकारी कर्मचारीलाई तालिम दिने भएको छ । लियाजो भनेर चिनिने कर्मचारीहरुलाई पहिलोपटक यसरी तालिम दिन लागिएको हो ।

बसन्त ऋतुमा हिमाल आरोहणका दौरान लियाजो अफिसरको निकै आलोचना भयो । सगरमाथामा अधिक दुर्घटनामा पर्वतारोहीले ज्यान गुमाए, तर सम्पर्क अधिकृत फिल्डमा भेटिएनन् । त्यसपछि सरकारले एक समिति नै बनाएर सगरमाथाबारे अध्ययन गरेको थियो ।

यो पनि पढ्नुहोस सगरमाथा नपुग्ने १५ सम्पर्क अधिकृतसँग विभागले माग्यो स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ भदौमा सम्पर्क अधिकृतलाई तालिम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । सोही अनुसार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रतिष्ठानले संयुक्त रुपमा तालिम सञ्चालन गर्ने भएका छन् । आगामी ५ असोजबाट नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानबाट तालीम सञ्चालन हुने छ ।

नाथमका अनुसार यस तालिममा राजपत्र अनङ्कित प्रथम श्रेणीदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीले भाग लिने भएका छन् । नाथमले १७ भदौबाट इच्छुक कर्मचारीबाट आवेदन माग गरेको थियो । तालिममा निजामति सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत सरहका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीका अधिकृत कर्मचारीले समेत भाग लिन पाउने प्रावधान राखिएको थियो । त्यसबाहेक प्रवेशिका परीक्षा उत्तिर्ण भए पनि सगरमाथाको सफल आरोहण गरिसकेका कर्मचारीलाई समेत प्रतिष्ठानले तालीमका लागि योग्य ठानेको छ ।

यो पनि पढ्नुहोस सरकारी समितिले भन्यो : सगरमाथामा ‘ट्राफिक जाम’ले आरोहीको मृत्यु भएको छैन

पर्वतारोहण सम्बन्धी नियमावली २०५९ मा सम्पर्क अधिकृतका बन्न पर्वतारोहण सम्बन्धी स्वीकृत आधारभूत प्रशिक्षण प्राप्त गरेको हुनु पर्ने र कम्तिमा स्नातक पास गरेको हुनुपर्ने प्रावधान राखिएको छ । पर्वतारोही दलसँग बोक्न सक्ने अंग्रेजी भाषाको ज्ञान र अन्य भाषाको ज्ञान समेत हुनुपर्ने गरी योग्यता तोकिएको छ । कानून भएपनि खटाउने बेलामा भने यी प्रावधानलाई वेवास्ता गरिन्छ ।

यो पनि पढ्नुहोस बीबीसीको आरोप सही ! सगरमाथामा भ्रष्टाचार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment