+
+
Shares

शोषणमा आधारित विश्व व्यवस्थाको विकल्पमा बीआरआईः घनश्याम भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ४ गते १३:४९

४ असोज, काठमाडौं । नेकपाका नेता घनश्याम भुसालले बेल्ट एन्ड रोड इनिसियटिभ ‘बीआरआई’ परियोजनाले पश्चिम केन्दि्रत वित्तीय पुँजीको शोषणमा आधारित विश्व व्यवस्थाको विकल्पमा नयाँ र प्रगतिशील विश्व व्यवस्थाको सम्भावना बोकेको बताएका छन् । शनिबार काठमाडौंमा बीआरआईबारे गरिएका एक अन्तरक्रिया कार्यक्रममा उनले यो समानताका साथ अगाडि बढ्न खोज्ने सबैको साझा मञ्च भएको बताए ।

‘यो इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहलकदमी हो । राष्ट्रहरुका बीच साझा हित खोज्न यसभन्दा अघि भएका पहलकदमीहरुमा रहन गएका कमजोरी र सीमाहरुलाई यसले सम्बोधन गर्ने मान्यता राख्छ,’ भुसालले भने ।

उनले सोभियत संघ एउटा मुलुकमा समाजवाद निर्माण गर्ने र विश्व क्रान्तिको जिम्मा लिने बाटोबाट विश्व व्यवस्थामा विकल्प बन्न असफल भएको अवस्थामा चीनले ती कमजोरीबाट बेलैमा शिक्षा लिएको बताए ।
‘एउटै मुलुकमा समाजवाद’ भन्ने सिद्धान्तको नयाँ भाष्य स्थापित गरेको छ, कोही बढी समाजवादी कोहि कम समाजवादी, कोहि कुनै कुरामा समाजवादी अर्को चाँहि अर्को कुरामा समााजवादी हुँदै विकसित हुँदै जाने बाटो स्थापित गरेको छ ।आजको समाजवादी आन्दोलन र त्यसको विकासका सिद्धान्तहरुका सन्दर्भमा आजका कम्युनिष्ट र गैरकम्युनिष्ट समाजवादीहरुका लागि पनि यसले महत्व राख्छ ,’ भुसालले भने ।

विकसित चीनको उदयले नयाँ विश्व व्यवस्थाको ढोका खोल्न सक्ने सम्भावना बढेको उनको भनाइ थियो । यो सम्भावना आँफैमा जटील भएको भन्दै उनले एउटा लामो प्रक्रियामा बनेको विश्वव्यवस्था सजिलै भत्केर नयाँ बनिहाल्ने अवस्था नरहेको पनि औल्याए ।

‘यसलाई बिथोल्न पुरानो व्यवस्थाका शक्तिहरुले अनेकौं चालहरु चल्नेछन्, जालहरु बुन्नेछन्, किनकि यो विश्व व्यवस्थामा उनीहरुको नियन्त्रण गुम्ने कुरा हो । त्यसैले आगामी विश्वराजनीति मूलतः पुरानो र नयाँ विश्व व्यवस्थाका तानातानीले निर्धारण गर्नेछ । यसको सफलता भविष्यकै गर्भमा छ,’ उनले भने ।

त्यो परियोजनाले अरु यस्तै र योभन्दा अझ उन्नत परियोजनाको ढोका खोल्न सक्ने भुसालले बताए । ‘नयाँ विश्व व्यवस्था बन्ने क्रममा त्यसमा हाम्रो स्थान र भूमिका नेपाली चरित्रको समाजवाद निर्माण गर्ने हाम्रो आफ्नै योग्यताले निर्धारण गर्नेछ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?