+
+

गुल्मीमा अरिङ्गालले टोक्दा बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १६:१२

५ असोज, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर आइतबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुरु गाउँपालिका– १ रिडीका १२ वर्षीय पवन अधिकारी रहेको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

विद्यालयबाट घर फर्कने क्रममा बाटोमा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको गोला रहेको रुखलाई बाँदरले हल्लाउँदा अरिङ्गालले बालकलाई टोकर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते बालकलाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच गुल्मीमै खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–२ पिलधाराका ६४ वर्षिय भिमबहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । कुँवरलाई शनिवार साँझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?