Comments Add Comment

किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

५ असोज, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका– ७ मा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । शनिबार राति ग्रामथान ७ स्थित बिचारी खनालको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कार भएको हो ।

शनिबार राति करिब १ बजे घटनाको जानकारी पाएको प्रहरीले किशोरीको उद्दार गरी घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्रामथान गाउँपालिका– ५ वस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी ५ बस्दै आएका २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षकै प्रकाशकुमार थारु छन् । घटनामा संलग्न चारै जनालाई शनिबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार युवकहरुले किशोरीलाई मदिरा सेवन गराइ करणी गरेको खुलेको छ । उनका अनुसार घटनामा संलग्न चारैजना किशोरीसँग चिनजान भएका व्यक्ति हुन् ।

शनिबार साँझ प्रकाशसँग मापसे गरेकी किशोरीलाई अर्धचेत अवस्थामा करणी भएको प्रहरीको दाबी छ । प्रारम्भीक अनुसन्धानका क्रममा योजनावद्ध रुपमा मापसे गराइ करणी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment