Comments Add Comment

सिटिजन्स बैंकद्वारा नशारहित समाज नेपाललाई आर्थिक सहयोग प्रदान

५ भदौं, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यका लागि एक लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । नशारहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले सो रकम संस्था संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

लागुऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको कुप्रभावबारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने, सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको यस सुधार गृहमा हाल २४ जना लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment