+
+
Shares

अपाङ्गता भएकी युवती बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १७:११

५ असोज, गोरखा । अपाङ्गता भएकी २१ बर्षिया युवती बलात्कारको आरोपमा धन बहादुर पुन मगर पक्राउ परेका छन् । रोल्पा नगरपालिका–९ घर भइ हाल गोरखा रहेका ४० बर्षीय मगरलाइ बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कम्मरभन्दा मुनिको भाग नचल्ने पालुङटार नगरपालिका–७ च्याङलीकी युवती घरमै बलात्कृत भएको पीडित परिवारले दिएको जायरीमा उल्लेख छ । ‘विहान भट्टीमा सँगै रक्सी खाएर मगरलाई पीडितका बुवाले घरमा खाना खान लगेछन्,’ प्रहरी निरीक्षक कमला नरालले भनिन्, ‘खाना खाएर बुवा सुतेछन्, त्यही मौका छोपेर मगरले युवतीलाई बलात्कार गरेछ ।’

छोरी रोएको आवाज सुनेर व्युँझिएपछि बलात्कार भएको थाहा पाएका उनले तत्काल प्रहरीमा उजुरी दिएका थिए । मगरलाई आइतबार करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक नरालले बताइन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?