+
+
Shares

पानीजहाजदेखि बघिनीसम्म : किन हुन्छ टिप्पणी ?

गेहनाथ गौतम गेहनाथ गौतम
२०७६ असोज ६ गते ११:३३

अहिले रोल मोडल बनेका वा बन्ने क्रममा रहेका व्यक्तिहरुबाट नै सामान्य मर्यादा बिर्सिएर सम्मानितप्रति जाइलाग्ने व्यवहार र प्रत्येक शब्दवलीको उल्टो खेद्ने र एकोहोरो खेदो खन्ने प्रवृत्ति आजको मात्र उपज होइन । सामाजिक सञ्जालमा पोखिएका तमाम नकारात्मक टिप्पणीको यथार्थ पनि सत्प्रतिशत सत्य हुँदै होइन । मूलतः यो निरन्तर चलिरहेको नकारात्मकताको व्रmम हो । यसका केही कारणहरु छन्, जसलाई निम्न आधारमा विश्लेषण गर्न सकिन्छ:

राजनीतिले सदैव आफ्नो ठीक, अरुको बेठीक भन्न सिकायो । सत्तामा नरहेकाले सत्तामा रहनेबाट भए गरिएका राम्रा वा नराम्रा दुवै विषयलाई उत्तिकै सत्तोसराप गर्न सिकायो । सधैँ सरकारका कदमको खुट्टा तानेर मात्र आफ्नो आकार बढ्ने मनोविज्ञान मात्र बढायो । आफूले सत्तामा पुगेपछि गर्नुपर्ने कार्यका बारेमा योजनाबद्ध पूर्व तयारी अधिकांश नेतृत्वमा कम रह्यो । कार्यकर्ता र मतदाताबीच अरुको आलोचना गरेर नै विश्वास जित्न प्रयत्न हुदै आयो । फलस्वरुप निर्वल कार्यकर्ता र सोझा मतदाता यसमै रमायौँ र अरुप्रति नकारात्मताको मानसिकता बढायौँ । निष्ठापूर्वक राजनीति गर्ने अग्रज वा नेताभन्दा आफ्ना व्यक्तिगत लाभ हानीसँग हाम्रो छनोट र भोट जोडियो ।

विद्यालयमा शिक्षकले आफ्ना असन्तुष्टिहरु विद्यार्थीलाई पोख्यौँ । यो बहानामा सरकारको आलोचना गर्यौँ । व्यवस्थाको विरोध गर्यौँ, नीतिको विरोध गरयौँ । अझ संगठित गर्ने नाममा अर्काको खेदो खन्यौँ । विश्वविद्यालयमा स्ववियू चुनावका लागि मात्र पनि फर्जी भर्ना गरायौँ । अर्काको विरोध नै गर्यौँ । सरकारको विरोध, उपकुलपति र क्याम्पस प्रमुखको विरोध गर्दै संगठन गर्यौँ । स्ववियुको चलअचल सम्पत्ति, पद्दतिलाई आफ्नो पक्षमा पार्न सिक्यौँ । अझ परीक्षामा चिट चोर्ने, चोराउने प्रवृत्तिको त कुरै नगरौँ ।

सकी नसकी आफ्ना सन्ततीलाई विदेश पठाउँदा ठूलो प्रगति ठान्ने, इज्जत बढेको देख्ने प्रवृत्तिलाई मलजल गरिएको छ । पहिल्ला दिनमा त शिक्षाका नाममा नेपालीको धेरै सम्पत्ती विदेशिएको छ । राजनीतिक नेता, अग्रण र अभियन्ताको विदेश कनेक्सनले स्वदेशीपन र राष्ट्रभक्तिको सतह बढाउँदैन । जापानी नागरिकको जस्तो राष्ट्रप्रेम त्यही बसेर फर्किएको भद्र व्यक्तिले पनि आयात गर्न सकेको हुन्न्न । स्वदेशमा रहँदाको सामान्य दःुखभन्दा विदेशमा रहँदाको कठिन संघर्षलाई समान्य मान्ने प्रवृत्ति र आफ्ना जन्मभूमिका सामान्य घटना परिघटनाप्रति नकारात्मक टिप्प्णी गर्ने मनोवृत्तिले स्वदेशमा रहेका युवा वर्गमा पनि नकारात्मकता बढाइ रहेको छ ।

राजनीति, शिक्षक, कर्मचारीतन्त्र, समाज सेवा, उद्योग, व्यवसाय र घरगृहस्थ सञ्चालन गर्ने जनशक्ति विकासको यो नर्सरीबाट यसरी नै नकारात्मकता, आफ्नो दुनो सोझ्याउने र परिआए हिनामिनासम्म गर्ने संस्कार सिक्दै, सिकाउँदै आइयो । विश्वविद्यालयमा यसरी नै उत्पादित जनशक्ति प्रवेश गरयो, वृत्तिपथमा माथि पुग्यो । विद्धान कहलायो, विश्विद्यालयमा जागिर खायो तर जीवन दिएन । साथै समाजमा अर्ति उपदेश दिएरै विद्वान् बन्यो, बनाइयो । इमान्दार र कर्मशीललाई उसैले व्रmमशः पछाडि पार्यो । फलस्वरुप इमान्दार र कर्मशील व्यक्ति पनि व्रmमशः पिठो बिक्ने तर चामल नबिक्ने पद्धति र वातावरणप्रति नकारात्मक हुँदै जान थाल्यो ।

अविकास, अस्थिरता र अभावको जिन्दगी भोगेका आम अभिभावकको मनस्थिति नकारात्मकतातर्फ कोल्टि रह्यो । फरक फरक सन्दर्भमा नजिक आएका राजनीतिक अग्रज, समाजका अगुवा वा नातेदारबाट पनि मेहनत, कर्मशील र सिर्जनाभन्दा सरकार, गरि खाएका अगुवा र अर्को जातजातिका व्यक्तिप्रति नकारात्मकता भर्ने कामले निरन्तरता पाउँदै आयो । २००७ सालदेखि अहिलेसम्मका अभिभावक यही मनस्थितिबाट गुज्रिदै प्रौढावस्था, अधवैसे वा अगुवा बनेका छौँ ।

गेहनाथ गौतम

चौतारीमा नकारात्मक चर्चा, गाडीमा नकारात्मक चर्चा, सामाजिक सञ्जालमा यस्तै, पत्रपत्रिकामा यस्तै नकारात्मकता । प्रौढ अगुवाको सोझोपन र निष्कपटता माथि अर्को बुज्रुकले विकृतिका फरकफरक कथाका शिलशिला जोडेर दुरस्त बनाइ दिन्छ । आँखाले देखेको प्रगति र आफूले पाइरहेको सुविधा पनि विर्साइदिन्छ ।

अधिकांश नागरिकको मनस्थितिमा नै विकृति मौलाएको छ । पढेर र पढाएर विद्वान् उपाधि पाएको व्यक्ति आफूले चाहेको अवसर प्राप्त नहुनासाथ सो अवसर पाउने र अवसर दिलाउनेप्रति खनियो । एक दिन नै सहि कर्मचारी, सेना प्रहरी नगरको फोहर सफा गर्ने अभियानमा हुन्छन् , पसल राखेर बसेका स्थायी व्यापारी समेत त्यो रमिता हेरेर बस्छन् । स्थायी बासिन्दाबाट हातमा हात मिलाएर सहभागी हुने दायित्व पालना गरिन्न । उल्टै नकारात्मक टिप्पणीले बढावा पाउँछ । यो व्यहारजन्य कर्तव्यच्यूत अवस्था हो ।

समाजमा हुने खाने र कतिपय अवस्थामा हँदा खाने पनि व्रmमशः महंगो र विलासी जीवनप्रति ढल्किदै आएको छ । सामुदायिक विद्यालय र स्वास्थ्य संस्था कमजोर भए भन्ने बहानामा टाठाबाठाले सेवाको व्यापार गर्दै सरकारी सेवाप्रति नकारात्मकता भरिरहेका हुन्छन् । आफ्नो लगानीको प्रतिफल बढाउन यसरी गरिने प्रचारलाई अगुवा विद्वत् वर्गले पनि घुमाइफिराइ मलजल गरिरहेका देखिन्छन् । सञ्चार क्षेत्रमा सकारात्मकभन्दा नकारात्मक समाचार र टिप्पणीले बजार तताउँछ । लाग्छ, हामीमा राम्रा कुरा सुन्ने, स्वीकार्ने र त्यसको वकालत गर्ने बानी छुटिसकेको छ । त्यसैले त मुलुकका नायकले भनेका सामान्य प्रेरणदायक कुराप्रति पनि खिल्लीको वर्षा हुने गरेको छ ।

नेपालमा समृद्धिको यात्रा, पानीजहाज, पाइबाट तेल, ग्यास, सिधा राजमार्गमा आपत्कालीन हवाइ ल्याण्ड, गणतन्त्रका विरुद्ध वघिनी बन्ने विषय, कुनै अपराधिक घटनाका अपराधी पहिचान गर्न लाग्नसक्ने समयका बारेमा बोलिएका विषयको अति धेरै अशिष्ट टिप्पणी हुने गरेको देखिन्छ । विगतमा अस्थिर सरकारका कारण हुने पद्दति विहिनताबाट नाजायज फाइदा लिइआएका व्यक्ति, समुह वा नयाँ पात्रहरु अहिले केही नाफारहित र फुर्सदमा भएर पनि यसरी अराजकता पोखिएको हुन सक्दछ ।

सरकार गठनको प्रारम्भमा नै यौ दूई तिहाइ सरकार भनियो । लामो समयसम्म एकल सरकार नदेखेका हामीलाई यो सरकारले तत्कालै धेरै गर्न सक्छ भन्ने पनि लाग्यो । आशा पलायो र व्रmान्ति पछिको नयाँ सरकार वा तानाशाह नेतृत्वबाट हुन सक्ने व्रmमभंगता खोजियो । वास्तवमा यो सरकार प्रजातान्त्रिक विधि र पद्दतिबाट निर्मित, प्रतिपक्ष, नागरिक समाज अन्तराष्ट्रिय साझेदारहरुको साझा भावना र मानवअधिकारको अभ्यासबाट बाहिर जानै सक्दैन । यी सबै प्रव्रिmयालाई अवलम्वन गर्दै अघि बढ्दा विगतदेखि बनेको र बसेको सबैतिरको मनस्थितिमा सुधार ल्याउन समय लाग्नु स्वाभाविकै हो । अहिले राज्य सञ्चालकहरु प्रत्यक्ष जोडिएका विकृति कम हुनु र समग्रतामा केही शब्दावली, कुनै घटना वा ल्पेन ढिला गराएको जस्ता झिना मसिना घटनाले बढी चर्चा पाउनुलाई सकारात्मक नै मान्नु पर्दछ ।

अन्त्यमा, सरकार गठन गर्न भूमिका खेल्ने दल, नेता, व्यक्ति, राष्ट्रसेवक वा समुदायले सरकारका गतिविधिलाई सहयोग गर्ने गरी आआफ्ना स्थानबाट गरिएका प्रयत्न र यस्तो प्रयत्न गर्नका लागि सरकारमा सहभागी नेतृत्वबाट बनाइएको वातावरण पनि उत्तिकै महत्त्वपूर्ण विषय बन्दछ । तथापि संविधानको सफल कार्यान्वयनका लागि सत्यलाई सत्य नै देख्ने, अपेक्षालाई समयसम्म पर्खिने अनि आग्रही आँखाबाट मात्र नहेर्ने र नबोल्ने सकारात्मक प्रवृति बढाउन भने सबैको उत्तिकै दायित्व रहेको देखिन्छ ।

मान्छेको सोच, विचार, व्यवहार र कार्यशैली जन्मपूर्व र जन्मपश्चात्को हुर्काइ बढाइ र भरण पोषणसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । जसरी शिक्षाको प्रतिफल दश वर्षमा देखिन सक्छ भनिन्छ, त्यसै गरी वर्तमान मानव व्यवहार निजको विगतसँग निर्भर रहेको हन्छ ।

मूलत २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि नेपाली समाज अस्थिर राजनीतिको चपेटाबाट गुज्रिदै आएको छ । हामीले हरेक १०, १० वर्षभित्रमा कुनै न कुनै रुपमा राजनीतिक परिवर्तन वा उथलपुथलको अवस्था भोग्दै आएका छौँ । जस्तो कि २०१७ मा पंचायत प्रारम्भदेखि ०६३ मा गणतन्त्र स्थापना र ०७४ मा स्थिर सरकारको स्थापना । यी परिवर्तनशील परिदृश्यहरु र जनमतको प्रवृत्ति बीच तत्कालका घटनाका आधारमा मात्र विश्लेषण गर्दा धेरैको मनमा निराश जाग्न सक्दछ । मान्छेमा मौलाएर छताछुुल्ल भएको नकारात्मकता देखेर, पढेर, भोगेर वा सुनेर आफ्नो समकालीन समाज, अगुवा र अग्रज तथा मुलुक प्रति नै नकारात्मक भाव जाग्न सक्दछ ।

आफ्नो आस्थाका समूह, श्रद्धाका पात्र वा मतदान गरिएका व्यक्ति वा दलप्रति घृणा जाग्न सक्छ । आफैँप्रति हिजो कतै गलत निर्णय त गरिएन भन्ने भाव पैदा हुन सक्छ । सर्वत्र फैलिएको यस प्रकारको मनस्थितिको सुसुप्त अवस्थालाई समुचित मार्गदर्शन गर्नु आजको आवश्यकता हो । यस्तै समयमा कालक्रमिक विश्लेषक, जानकार र अग्रजबाट उचित दिशानिर्देश गर्नु आवश्यक छ । ।

( लेखक नेपाल सरकारका उपसचिव हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?