
६ असोज, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार भएकी एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१० की विमला थापालाई सीआईबीको टोलीले आइतबार नयाँ वानेश्वरको थापागाउँबाट पक्राउ गरेको हो ।
सरिताकुमारी सापकोटाको जाहेरीमा विमलालाई वैदेशिक रोजगार न्यायाधीकरणले ०७४ असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार फैसला सुनाएको थियो ।
पक्राउ परेकी विमलालाई सोमबार जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4