Comments Add Comment

साम्राज्ञीसँग रमाएका अंकित

उसो त, चलचित्र रिलिजको समयमा कलाकारको केमेष्ट्री नजिकको देखिन्छ । कलाकार चलचित्रको प्रचारका लागि फन्डा अपनाउन पछि पर्दैनन् । असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’का मुख्य नायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको केमेष्ट्री पनि लोभलाग्दो बनेको छ ।

अहिले, साम्राज्ञीको साथ पाउँदा अंकित खुशी छन् भने अंकितको कामले साम्राज्ञीलाई पनि प्रभावित बनाएको छ । अंकितको शरीरमै फिल्मी रगत भएको साम्राज्ञी बताउँछिन् । यता, अंकित पनि साम्राज्ञी जस्तो कलाकारसँग पर्दा शेयर गर्न पाउँदा धेरै कुरा सिकेको बताउँछन् ।

अब आउने चलचित्रमा पनि यी दुइले एक अर्कासँग पर्दा शेयर गर्न मन लागेको बताए । अंकितले भने–‘म त आगामी चलचित्रमा पनि साम्राज्ञी नै मेरो जोडी भइदिए हुन्थ्यो भन्नेमा छु ।’ साम्राज्ञीले अंकितलाई काम गर्ने क्रममा धेरै कुरा सिकाएको र उसको भावना वुझेको बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment