Comments Add Comment

असोज ११ देखि झापामा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल’ गोल्डकप हुने

६ असोज, विराटनगर । झापामा अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप आयोजना गरिने भएको छ । असोज ११ गतेदेखि झापाको झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नेपालका ६ वटा क्लब र भारतका २ वटा क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १२ लाख ५० हजार पुरस्कार पाउनेछन् । उपबिजेताले नगद ६ लाख २५ हजार र ट्रफी प्राप्त गर्ने आयोजक जायोन स्पोर्टस् क्लबका प्रवक्ता अभिनाष राईले जानकारी दिए ।

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था मुख्य प्रयोजक रहेको प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटा क्लब र थ्री स्टार क्लब, झापा ११ र गोर्खा ब्वाइज रुपन्देही सहभागिता जनाउनेछन् । भारतबाट सिक्किम आक्रामक क्लब र असामको मोलवे फुटबल क्लब छन् । उद्घाटन खेल भारतको सिक्किम आक्रामक र संकटा क्लबबीच हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment